Read on your Language

Thursday, February 27, 2014

सुशील कोइराला .... मेरा केहि शब्दहरु !!

सुशील कोइराला नेपाली राजनीतिमा खाचो परेका महत्त्वपूर्ण नेतृत्व मध्यका एक हुन् | यस पछाडी मलाई लागेका कारणहरु यस प्रकार छन् |

सुशील कोइराला अविवाहित भएकाले र प्रधानमन्त्रीजस्तो उच्च तहमा पुगिसकेको मात्र नभई राजनीतिक जीवनयात्राको पनि चरम बिन्दुमा पुगेको हुनाले उनका बाकी स्वार्थहरू नभएको कुरालाई पत्याउन सजिलो मात्र हुने होइन, उनको वास्तबमा अन्य व्यक्तिगत स्वार्थ छैन जस्तो लाग्छ | आजसम्म नेपाली नेतृत्मा आएका जो कोहि भन्द पनि राम्रो छबी बनाउने खुबी राख्ने कोइराला नेपाल सरकारको प्रमुख हुनु वास्तबमा नेपालीहरुको लागि बिशेष खुसि एबम बिशाल आशाको कुरा हो यस अर्थमा कि नेपालका अन्य प्रधानमन्त्रीको तुलनामा उनको नेतृत्वबाट देशले राम्रै फाइदा उठाउन सक्ने देखिन्छ |

नातै नाताको जालोमा बाधिएको मान्छे प्रधानमन्त्रीजस्तो गरिमामय पदमा पुग्दा देशले भन्दा उक्त परिवारले मात्र फाइदा उठाएको इतिहासलाई चिर्ने अबसरको रुपमा पनि सुशील कोइरालाको प्रधानमन्त्रीकाललाई व्याख्या गर्न सकिने कुरामा कुनै अत्युक्ति नहोला |

सरकार गठनमा ढिलाई हुनु पछाडी नदेखिएका बाह्य कारणहरुलाई आगामी दिनमा नेपाली राजनीतिबाट हटाउनु जरुरि छ | नेपाल सरकारलाई बार्गेनिङको अड्डा बनाउने जति प्रयासहरु देखिए. यस्ता प्रयासलाई निष्कृय बनाउनु आजको आवश्यकता हो |

बैदेशिक हस्तक्षेपको सधै व्यवहारिक विपक्षमा रहने कोइरालालाई सबैले चिन्नु जरुरि छ | विचार बोकेको मान्छे कहिल्यै बुढो नहुने सत्यलाई सबै युवावर्गले बुज्नु जरुरि छ | परिवारबिना दशकौको यात्रा त्यो पनि राजनीतिक यात्रा गर्नु सामान्य कुरो हुदै होइन | त्याग अनि समर्पणको जीवनयात्राको क्रममा नेपाल सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्न पुगेका सुशील कोइरालालाई सफल कार्यकालको लागि शुभकामना सहित बधाई दिन चाहन्छु | अन्ततः, समयमै सबैलाई सम्बोधन हुने खालको संबिधान जारी गर्न कोइराला सरकार सफल रहोस भन्ने सुभेच्छा प्रकट गर्न चाहन्छु |

जय नेपाल !!

शरद काफ्ले
गैडाकोट, नवलपरासी

हाल,  ललितपुर

0 comments:

Post a Comment

Have Your Say !

--> Anonymous Comments will not be addressed, so put your name before commenting !

Mikasha's Search Engiene