Read on your Language

Tuesday, September 27, 2011

किस्ता किस्तामा बेचिदै गरेको रास्ट्रियता : एक बिस्लेसण

हो नेपाली राष्ट्रियताको बारेमा गरियको बिस्लेशण यो | लोकतन्त्र पछी का केहि वर्ष हरुमा यस्ता थुप्रै उदाहरणहरु सबैको सामु देखापरीसकेका छन् | एउटा देशको पहीचान भनेको त्यस संग सम्बन्धित सम्पतिनै हो |  नेपाल पनि यसबाट अलग छैन |  सबै देश्हरुले अफ्नो पहिचन लाई कायम गर्न त्यस देशसंग जोडिएका ऐतिहासिक र पुरातात्वीक महत्वका चीज हरुलाई संरक्षण गर्ने गर्छन आफ्नै देशमा |  तर नेपाल भने यो बाट अलग छ |  किनभने रास्ट्रियता किस्ता किस्ता मा बेचिने गर्छ |  कहिले राम्रो संदेश दीदै र कहिले शंका गर्न योग्य खालका |

दोस्रो जनआन्दोलन पछी राजतन्त्र हट्नु ले एउटा नीरंकुस पहिचान लाई मेटाउदै राम्रो सन्देशका साथ २४० वर्ष देखिको रास्त्रियातालाई सुद्धिकरण गर्ने प्रयास गरेको थियो |  आज सम्म आउदा लुकाएर राखियका थुप्रै तथ्यहरु खुलेका छन् |

त्यो तथ्य पुराना हतियार को बिक्रि मात्र होएन त्यस्तो सस्तो बजार हो |  रगत को नाता रहेका हतियारलाई केहि लाखमा बेचिदा नेपालको सस्तो रास्ट्रियता उदाङगियाको छ |  सबै धर्म लाई सम्मान गर्दै दक्षिण एशियाको एकमात्र हिन्दु आस्तित्व मेटाएर थुप्रै गैर हिन्दु बाट लोकप्रियता हासिल गर्न नै किन नहोस, नेपाली रास्ट्रीयता यसै गरि कहिले कहिँ राम्रो र कहिले लाजमर्दो संदेश दीदै बेचियको छ |  एकै पटक होएन पटक पटक बेचियको छ |

आझ रास्ट्रीय पोसाक दौरा सुरवाल हटेपछि राष्ट्रियतानै नान्गीयको छ | एउटा देश येस्तो पनि बनेको छ जसको पोसाक नै छैन | बिना रास्ट्रिय पोसाक अफ्नो आस्तित्व लाई जपिरहेको छ यो देश |

अब बाकी हामीसंग सगरमाथा छ, लुम्बिनी अनि गौतम बुद्ध , अरु थुप्रै छन् सायद बेचिने सुरसारमा | त्यो दिन चाही देख्न नपरोस |

धन्यवाद !

जय नेपाल !!


0 comments:

Post a Comment

Have Your Say !

--> Anonymous Comments will not be addressed, so put your name before commenting !

Mikasha's Search Engiene