Read on your Language

Showing posts with label consitution in nepal. Show all posts
Showing posts with label consitution in nepal. Show all posts

Monday, June 4, 2012

सत्ता अनि भत्ताले डुबायो देश .. Dead Constitutional Assembly


ती आस्तित्व नै गुमाएका  पूर्व सभासद्लाई एक महिनाको बढी भत्ता दिने अरे । त्यति मात्रले पुग्दैन भनेर घर जानलाई गाडीको होएन Plane को भाडा । येसरी पहिलेनै  नौ अर्ब झ्वाम परेकालाई ६०००० को दरले तलब दिने नेतृत्वसंग कुनै लाज नै रहेनछ भन्नुमा कसको मत बजीएला र ! ।

हामी नेपाली जनताले विश्वास गरेर ४ वर्ष को लाई स्वीकार गरेको अरे संविधानसभाको म्याद । जब समय घर्किन्छ तब जनताको चाहनालाई येसो अनि उसो भन्दै बोल्छन नेताहरु । थुक्क राजनीति येस्तो पनि हुदो रहेछ त्यो देशमा जहाँ चाहनाका थुप्रै पर्खालहरु बनाइएका छन् । क्रान्तिकारी अरे, अग्रगमन अरे अनि खै के को सर्बोचता, इत्यादी नाराहरु पनि घन्किए । लोकप्रियताको लागि हो कि कुन्नि भारतीय विस्तारबाद को सीमामै गएर चर्को बिरोध गरियो तर कुनै सिन्को भाचियो जस्तो लागेन । त्यो खर्चिलो ४ वर्षमा घरीघरी आसाका कदम पनि चालिए । देश को बजेटमा बिशाल क्रान्ति ल्याउने काम सम्झने आधार भताभुंग भयो जब भ्रस्टाचारले सिमाना नाग्यो । 

संविधानसभालाई रंगमञ्च बनाएर नाटक प्रदर्सन गर्ने बाहेक अरु कुनै काम भएन चार वर्षमा । सहमतिको प्रयास त्यो पनि अन्तिम घडीमा । धेरै पटक आस जगाउने झुटो सहमतिको खेलले कतै सदाको लागि निरन्तरता पाउने त होएन भन्ने डर पनि थियो हामीमा तर अब त्यो बाकी रहेन । संबिधान सभाको बिगठन संगै राष्ट्रले बेहोरिरहेको बिशाल आर्थिक कस्ट हटेको छ । तर आन्धकर बाटोमा देश अब कसरि अघि बढ्ला भन्ने चिन्ता जनतामा त छ तर नैतिकता नै नभएको नेतृत्वमा कति छ कुन्नि ?

कोहि भन्ने गर्छन कि यदि राजा भैदिएको भए कमसेकम नौ अर्ब त बेकारमा जादैनथ्यो । कता कता ती तर्कहरु पनि अर्थपूर्ण लाग्छ तर देश फेरी पछी फर्कन सक्दैन । नाराको पछी लाग्ने जनतालाई मीठो स्वाद चखायो गएको चार वर्षले, तेसैले पनि चार बर्साई पूर्ण रुपमा उपलब्धिहिन भयो भन्न मिल्दैन । देशमा कायापलटनै नभएपनि केहि परिवर्तनका प्रयासहरु भए । अग्रसरताका थुप्रै नमुनाहरु देखिए । राजनीतिक दबाबका थुप्रै बाटोहरु आबलंबन गरियो । यस क्रममा केहि नेताहरुको रामलीला हेर्ने मौका पनि पायौ हामी जनताले । तसर्थ केहि न केहि दिएर गएको छ बितेको चार वर्षले ।

सबैभन्दा मज्जाको कुरा त सत्ता थियो । जब म्याद थप्ने बेला आयो तब नया सरकार आयो । एउटा, दुइवटा,.. होएन चार ओटा सरकार आयो तर सुम्पिएका केहि कार्य सम्पन्न भएनन् । दुखको कुरा भन्नु पर्छा लाखौको भ्रस्टाचार अनि करोडौको खर्चले गर्दा प्रत्यक सरकार देशको अर्थतन्त्रमा भार बनेर आयो । बाबुरामको सरकारनै किन नहोस्, पचासौ नेपालीलाई मन्त्रि हुने मौका मिल्यो । यसले देशलाई डुबायो, चुर्लुम्मै डुबायो । परदेशको सहयोग अनि सोझा नेपाली जनताको कर को राम्रै फाइदा उठाए क्रान्तिकारीहरुले । अचम्मै मान्न पर्छ सत्ताको खेललाई फोहोरी मान्ने कम्युनिष्टहरुकै नेतृत्वमा बित्यो चार वर्ष, त्यो पनि बिना उपलब्धि ।

हो, अब हामीलाई यो भन्न के को लाज कि , सत्ता अनि भत्ता ले डुबायो देश ।

Mikasha's Search Engiene